July 26, 2020 127
काठमाडौं। अमेरिकाको उटाहको वेष्ट जोर्डनमा बस्ती क्षेत्रमा अमेरिकी संघीय उड्डयन प्रशासनको विमान बस्ती क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा ९ महिनाका शिशुसहित ३ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ । दुर्घटनामा कैयौं अन्य घाइते भएको बताइएको छ ।
संघीय उड्डयन प्रशासनका अनुसार पाइपर पीए ३२ विमान ६ जना यात्रुसहित साउथ भ्याली क्षेत्रीय विमानस्थलबाट उडेको थियो । ९ महिने शिशु, पाइलट र एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । एक महिलाको अवस्था गम्भीर रहेको र २ वर्षका बालकको स्थिति स्थिर रहेको बताइएको छ ।
गम्भीर अवस्थामा रहेकी महिला विमान जुन घरमा खसेको थियो त्यही घरभित्र थिइन् । दुर्घटनाले एक घरमा आगो लागेको छ । दुर्घटनाको विषयमा संघीय उड्डयन प्रशासन र राष्ट्रिय यात्रा सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्