Saturday, October 24

‘डिभी परेको छ अमेरिका लैजान्छौं’ भन्दै कोपिला र अनिसाको यस्तो धन्दा

July 26, 2020 131

काठमाडौं । अमेरिकाको डिभी (डाइभरसिटी भिषा) को रिजल्ट केही समय अघि निस्काशन भएको छ । यहि मौकामा केही युवतीहरु भने यसैलाई आधार बनाएर ठगी धन्दामा लागेको खुलेको छ । ठगी गर्नेहरुका दाउ अनेक हुन्छन् ।

अवसरलाई दुरुपयोग गरेर सर्वसाधारणलाई ठगी गर्ने अनेक उपाय खोज्छन् । यस्तै उपाय वुटलवका दुई युवतीले निकालेका छन् । भर्खर डिभीको रिजल्ट आएको मौका पारेर युवतीले आफुहरुलाई डिभी परेको छ भन्दै अविवाहित युवकलाई ठगी गरेको फेला परेको छ ।

वुटव प्रहरीले कोपिला र अनिसा केसी नाम गरेका दुई युवतीलाई यस्तै आरोपमा पक्राउ गरेको छ । अविवाहीत पुरुषलाई भन्ने गर्थे– डिभी परेको छ, अमेरिका लैजान्छु । बिहे गर्ने हो ? अनि नजिकिएर लिन्थे रकम ।

महानगरीय अपराध महाशाखाले बुटबलबाट नियन्त्रणमा लिएका यी दुई युवतीको धन्दा यति मात्र होइन । यहि डिभिलाई पा सो बनाएर महिलालाई व्यावसायमा साझेदारीको प्रस्ताव पनि गरे । दुई जनावाट सुरु भएको अभियानमा अन्य युवती पनि जोडिएका थिए ।

अहिले लक डाउनको समय भएकाले अन्तराष्ट्रिय उडान सुरु हुनासाथ जाने भन्दै युवकलाई आश्वासन दिने गरेका थिए । आफ्नो समुहमा मिलाउन युवतीलाई पनि त्यही आश्वासन दिन लगाउँथे । हालसम्म यी दुई युवतीले ७ लाखसम्म ठगी गरेको उजुरी दर्ता भएका छन् । प्रहरीले अरुको पनि उजुरी आउन सक्ने अनुमान गरेको छ । ताजा खबर बाट

प्रतिकृया दिनुहोस्