Thursday, October 29

प्रहरी प्रधान कार्यालयमा पस्यो कोरोना, न्यायाधीस पनि संक्रमित

July 26, 2020 110

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई कोरोना देखिएको हो । चार जनालाई कोरोना पुष्टि भएपछि अन्य प्रहरीको पनि स्वाव संकलन गरी परिक्षणको लागि पठाइएको छ । ति मध्य अन्यमा पनि कोरोना पुष्टि भएको बताइएको छ । तर उनीहरुका बारेमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यो अर्को समाचार सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना पुष्टि भएको हो । अहिले उनीसंगको सम्पर्कमा रहेकाहरुको पनि स्वास्थ्य परिक्षणको काम सुरु भएको छ ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् । यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्