Saturday, October 24

प्रेमीले विबाह गर्न इन्कार गरेपछि प्रेमीकाले प्रेमीको घरबाहिरै सुरु गरिन् धर्ना, प्रेमीको परिवार घर भित्र थुनियो

July 26, 2020 135

काठमाडौं, साउन ११ । भनिन्छ माया र प्रेममा ठूलो शक्ती हुन्छ । प्रेमका लागि मानिसले जे पनि गर्न तयार हुन्छ । जसको पछिल्लो उदाहरण भारतको डेनिसमन्डाको रसिला नगरमा देखिएको छ । ति प्रेमीकाले आँफु ५ वर्षदेखि प्रेममा रहेका प्रेमीसाग विबाह गर्न पाउनुपर्ने माग राख्दै ३ दिनदेखि धर्नामा बसेकी छन् ।

तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताउँदै पन्छिन खोजेको बताइएको छ । आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएर ति प्रेमीकाले कानुनी उपचारको बाटो समेत रोज्न पुगेको बताइएको छ ।

यद्यपी प्रहरीले भने आँफुलाई असहयोग गरेको समेत उनले आरोप लगाएकी छिन् । जसक कारण आँफुले धर्नाको सहारा लिनुपरेको ति पिडित महिलाको भनाई छ । आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको भन्दै उनले न्याय दिलाईदिन अधिकारकर्मीहरुलाई समेत गुहारेको बताइएको छ । युवतीले घरको गेटमा धर्ना थालेकाले उनका प्रेमीको परिवार घर भित्र नै थुनीन पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्