Thursday, October 22

महाबौद्धमा पसल गर्ने एकै परिवारका ५ जनालाई कोरोना पुष्टि, यस्तो सूचना जारी भएपछि स्थानिय त्र’सित (सूचना सहित)

July 26, 2020 260

काठमाडौं । काठमाडौंको अति ब्यस्त हुने ठाउँ महावौद्धमा कोरोना संक्रमित फेला परेपछि सो क्षेत्रका स्थानियमा त्रा’स उत्पन्न भएको छ । भारतवाट आएकाहरु खुलेआम घुमिदिँदा अन्यलाई पनि कोरोना सरेको छ । भारतको विहारवाट आएका एक परिवारमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई शुक्रवार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रवार गरिएको पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरिएको थियो ।

भारतवाट आएकी महिलाले स्वास्थ्य सचेतना नअपनाउँदा उनको परिवारका सदस्यमा कोरोना सरेको थियो । परिवारका अन्य सदस्यलाई कोरोनाको लक्षण देखिने रुघा खोकी ज्वरो आउन थालेपछि परिक्षण गराउँदा उनीहरुलाई पनि कोरोना पुष्टि भएको हो ।

अस्पतालले उपलव्ध गराएको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो। कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो। परिवारका दम्पत्ति,छोरा–छोरी र नातिनीमा कोरोना देखिएको बताइएको छ । १५, २० दिन अगाडि मात्र छोरी र नानीति बिहारबाट काठमाडौं आएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो।

उनीहरु महाबौद्ध काठमाडौमा पसल व्यवसाय गर्नेहरु रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र ध्वज अधिकारीले पुष्टि गरेका छन् । संक्रमित परिवारको महावौद्ध गणेश मन्दिर नजिकै अन्डरगार्मेन्ड पसल छ।

निकै ब्यस्त हुने ठाउँमा पसल संचालन गरेर बसेकाहरुलाइ नै कोरोना पुष्टि भएपछि स्थानियमा त्रा’स उत्पन्न भएको छ । पसल सञ्चालन गर्दै आएका दुई जना सहित अन्यलाई पनि कोरोना पुष्टि भएको हो । स्थानिय तहले उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पिसिआर परिक्षिण गराउन सूचना जारी गरिएको छ । जारी गरिएको सूचनामा उनीहरुको नाम पनि उल्लेख गरिएको छ ।

काठमाडौंमा आइतबार पनि थप ८ जना कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । आज थपिएकामा महाबौद्धका ३ जनाको नाम पनि जोडिएको छ ।

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको बताइएको छ । त्यस्तै स्टार अस्पताल सानेपामा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस्