Wednesday, October 28

प्रहरीले समाएको १५ किलो सुनमध्ये आधा किलोमात्रै सक्कली कसरी भयो ?

July 28, 2020 94

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अबैध रुपमा भित्र्याएको १५ केजी सुन वरामद गरेको थियो । सेता स्कारपियो गाडीलाई रोक्न खोज्दा नरोकी हिड्न खोजेपछि पिछा गर्दा त्यो गाडीवाट सेतो झोला फालियो । त्यसमा १५ केजी सुन थियो । तर त्यो सुन नक्कली भएको पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको भन्दै सूचना दिएको थियो । तर पछि अनुसन्धान गर्दा त्यसमा भएको एक टुक्रा मात्र सक्कली भएको र अरु सबै सुनको जलप मात्र लगाएको नक्कली सुन भएको पुष्टि भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, प्रहरीले दुई थान ह’ति’यार समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेकोमध्ये एक टुक्रा सक्कली र बाँकी नक्कली देखिएको हो। प्रहरीले मंगलवार बिहान अस्थायी चेक पोइन्ट खडा गरेर सवारी जाँच गरिरहँदा सेतो कपडामा बेरेर फ्याँकेको नक्कली सुनका टुक्रासँग दुई वटा पे’स्तो’ल र दुई थान म्या’ग्जिन फेला परेको थियो ।

बिहान ९ बजे कमलादीबाट महेन्द्र सालिक आउने ठाउँमा प्रहरीले चेक गरिरहेको बेलामा ाएको बा ६ च ५५११ नम्बरको स्कर्पियोले रोक्न नखोजी हिडेपछि प्रहरीले पिछा गरेको हो । प्रहरीलाई पछाडी आएको देखेर सेतो रङको कपडाको झोला फ्याँकेका थिए।

फ्याकिँएको झोला हेर्दा सुनजस्तो देखिने वस्तु र दुईवटा पे’स्तोल वरामद भएको प्रहरीले जनाएको छ । कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीब्र गतिमा आएको गाडीवाट सेता झोला फ्याकिएको हो । फ्याँकिएको झोलामा सुनजस्तो देखिने १ केजीका ८ थान, २ सय ५० ग्रामका ८ थान, फुस्रो पहेलो रङको धातु १८ थान र ५ सय ग्रामको एक थान धातु झोलामा बरामद भएको हो।

प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा पिछा गर्दा कारोबारी झोला फ्याकेर भागेका थिए । सो झोलामा आधा किलो नक्कली र बाँकी साढे १४ किलो नक्कली सुनका साथै दुई वटा पे’स्तो’ल फेला परेको हो । ह’ति’यार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले जनाएको छ । यसबारे केहीबेरमा महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै छ ।

प्रतिकृया दिनुहोस्