Thursday, October 22

बुहारी र नातिनी डिस्चार्ज भएपछि अमिताभले आँशु थाम्न सकेनन्

July 28, 2020 108

नयाँदिल्ली : बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला मुम्बइको नानावती अस्पतालमा कोभिड १९ को उपचारमा छन् ।

उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि कोरोना संक्रमित भएपछि उपचार भइरहेको छ । तर जब बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भइन्, अमिताभले आँशु थाम्न सकेनन् ।

अमिताभले हालै ट्वीट गर्दै बुहारी र नातिनी घर फर्किएको जानकारी दिएका थिए । ‘सानी नातिनी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँशु रोक्न सकिनँ, प्रभु तिम्रो कृपा अपार, अपरम्पार छ,’ अमिताभले हिन्दी भाषामा लेखेका थिए ।

ऐश्वर्या १० दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर उनका पति अभिषेक र ससूरा अमिताभ अस्पतालमै उपचाररत छन् । यससँगै ऐश्वर्या र उनकी छोरी आराध्या घर पुगेपछि पनि नियमित स्वास्थ्य निगरानीमा रहनेछिन् । अमिताभ र अभिषेकलाई जुलाइ ११ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट ऐश्वर्या पनि संक्रमित भएको थाहा भएको हो ।

प्रतिकृया दिनुहोस्