Sunday, October 25

कञ्चनपुरमा ह’ति’यार सहित आएका भारतीय प्रहरीलाई ‘गो’ली ठोक’ भन्दै यसरी लखेटे नेपालीले (भिडियो हेर्नुस्)

July 28, 2020 154

काठमाडौं । कञ्चनपुरमा स्थानिय बासीन्दाले तारवार र वृक्षारोपण गर्न लाग्दा भारतीय प्रहरीले अवरोध गरेपछि नेपालीले प्रतिकार गरेका छन् । उनीहरुले गुगल म्याप खोलेर नेपालको भूमी रहेको र आफुहरुलाई तारवार र वृक्षरोपण गर्न रोक्न नमिल्ने भन्दै प्रमाण देखाएका छन् । नेपालीले सिमाना स्थित नेपालकै भूमीमा वृक्षारोपण गर्न लाग्दा भारतीय एसएसवी आएर रोक्ने प्रयास गरेका थिए । नेपालीहरुले तत्काल गुगल खोलेर नेपाल र भारतको सिमाना कहाँ पर्छ हेर्नुस् भन्दै म्याप देखाएका थिए ।

स्थानियले तिमीहरु पनि नेपालकै भूमीमा आएको भन्दै प्रतिरोध गरेका थिए । भिडियोमा देख्न सकिन्छ हामी हाम्रो जमिनमा वृक्षारोपण र तारवार गर्छाै गो’ली हाने हान भन्दै प्रतिकार गरेको सुन्न र देख्न सकिन्छ । नेपाली स्थानियले गुगल म्यापवाट नेपाल र भारतको सिमाना देखाउँदा भारतीय प्रहरीले त्यो हामी मान्दैनौ भनेको सुन्न सकिन्छ । भारतीय प्रहरीले त्यसो भनेपछि एक नेपालीले भनेको सुनिन्छ, तार त हामी जसरी पनि लगाउँछौं गो’ली हाने हान, गोविन्द गौतमलाई तिमीहरुले हानेकै हो । स्थानियले प्रतिकार गरेपछि भारतीय प्रहरी फर्केर गएको पनि भिडियोमा देख्न सकिन्छ ।

भारतीय प्रहरीले सिमानामा बस्ने नेपालीलाई यस्तै दुख दिने गरेका छन् । त्यतीबेर नेपाली स्थानिय र भारतीय प्रहरीको विवाद भइरहदा नेपाल प्रहरीको भने उपस्थिती थिएन । विवाद सकिएर भारतीय प्रहरी फर्किएर गएपछि नेपाल प्रहरी पुगेको पनि भिडियोमा देख्न सकिन्छ । स्थानियले भारतीय प्रहरीहरु ह’ति’यार सहित आएको र आफुहरुले फर्काइदिएको भन्दै नेपाल प्रहरीलाई सुनाएको पनि भिडियोमा देख्न सकिन्छ । एक जना स्थानिय भन्छन्, भारतिय प्रहरी ह’ति’यार लिएर यहाँ आउँछन् तर नेपाल प्रहरी लठ्ठी पनि लिएर जान पाउँदैन ।

प्रतिकृया दिनुहोस्