Sunday, October 25

दुखद खबर, बागलुङमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु, एकको अबस्था गम्भीर

July 29, 2020 162

बागलुङ, १४ साउन । सोमबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ खोलेसबाङको पहिरोमा १३ र १२ वर्षका २ बालबाबालिकाले ज्यान गुमाए भने जिल्लाको निसिखोला गाउँपालिका–१ मा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

तमानखोलामा गएको पहिरोले पुरिएर स्थानीय पानबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भयो भने श्रीमती होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । त्यसै गरी निसिखोलामा गएको पहिरोमा स्थानीय कमल परियारका ५ वर्षीय छोरा समीर परियारको मृत्यु भएको छ ।

निरन्तर परिरहेको वर्षा र गाउँगाउँमा पहिरो जान थालेपछि यहाँका स्थानीय त्रसित मात्र बनेका छैनन् आक्रोशित पनि भएका छन् । जनप्रतिनिधिले मनपरी ढंगले गाउँगाउँमा सडक खनेका कारण जन्मेपछि पहिलोपटक घर बगाउने, मान्छे मर्ने पहिरो देख्न परेको भन्दै स्थानीय खगेन्द्र घमालले दुखेसो पोख्नुभयो । ‘हेर्दाहेर्दै छिमेकीको घर पहिरोले बगायो, हाम्रो पनि कति बेला बगाउँछ भन्ने स्थितिमा छ’, घमालले भन्नुभयो– ‘घरमा ६० वर्षकी वृद्ध आमा हुनुहुन्छ, छोराछोरी, श्रीमती र बूढी आमालाई कसरी सम्हाल्नु ।’समाचारपत्रमा खबर छ ।

‘घरको तल, माथि डोजर चलाएर बाटो बनाएका छन्’, स्थानीय सम्झना सिर्पालीले भन्नुभयो– ‘घरका लोग्नेमान्छे कमाउन गएका छन्, घर पहिरोको जोखिममा परेको छ, बूढीसासू र १५ महिनाको काखे बच्चा च्यापेर छिमेकीको घरमा कति दिन बस्ने, के खाने रु’ वडा अध्यक्ष अहिलेसम्म पनि हेर्न नआउनुभएको तथा वडा सदस्य आएर जोगिएर बस्नुस् भनेर फर्कनुभएको उहाँले बताउनुभयो ।पहिरो गएपछि प्रहरी र स्थानीय जनप्रतिनिधि आएर सुरक्षित भएर छिमेकी र आफन्तको घरमा गएर बस्नु भनेर फर्किएको उनीहरुको भनाइ रहेको छ

प्रतिकृया दिनुहोस्