Wednesday, October 21

भैसेपाटी भेट्न पुगेको प्रधानमन्त्री ओलीलाई वामदेवले यसो भनेर फर्काए !

July 29, 2020 211

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटबार्ता भएको छ । सोमबार अवेर साँझ भैसेपाटीस्थित गौतम निवासमा अध्यक्ष र उपाध्यक्ष बीच भेटबार्ता भएको हो ।

उक्त छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएको भैसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा भन्दा बढी नै छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका थिए । भेट पछि साँझ ९ बजे गौतम निवासबाट प्रधानमन्त्री बाहिरिएको स्रोतले बताएको छ । बैठकमा विष्णु पौडेलको पनि सहभागिता थियो ।

भैसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरेकाछन्।

छलफलमा नेकपा भित्र चुलिएको विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरु सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनु पर्ने सुझाव गौतमले दिएको स्रोतले बताएको छ । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमद्वारा राखिएको ६ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । स्रोतका अनुसार बैठक सकारात्मक रहेको बताइएको छ ।

स्थायी समितिमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले समितिको बैठक छल्दै आएका छन् । स्थायी समिति बैठकमै प्रधानमन्त्रीको राजिनामा मागेपछि उनले बैठक छल्दै आएका हुन् । सांझ ७ वजे गौतम निवास पुगेका ओली दुई घण्टा बसेर फर्किएका हुन् । नेकपाको मंगलबारका लागि तय भएको बैठक पनि ओलीले आधा घण्टाअघि एकतर्फी रुपमा स्थगित गरेका थिए।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरु बालुवाटारमै गई बहुमत स्थायी समिति सदस्यहरुको बैठक प्रचण्डको अध्यक्षतामा बसेका थिए। उनीहरुले प्रधानमन्त्रीले एक तर्फीरुपमा बैठक स्थगित गर्न नपाउने भन्दै वैठकलाई निरन्तरता दिएका थिए । आफूले बैठक स्थगित गर्दागर्दै बालुवाटारमै बहुमत सदस्यको बैठक बसेपछि दबाबमा परेका ओली गौतमको साथ खोज्न उनकै निवास पुगेको हुनसक्ने बताइएको छ ।

आज नै उपाध्यक्ष बामेदव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। जसमा ओलीलाई अहिलेको प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री बनाउने र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट नहटाउने प्रस्ताव गरेका छन्। तर उनले पार्टी सञ्चालनतर्फ कार्यकारी प्रचण्डलाई एकता महाधिवेसनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।

उपाध्यक्ष गौतमको सो प्रस्तावालाई ओली पक्षले भने सकारात्मक रुपमा लिएको बुझिएको छ । वामदेवसंग गोप्य वार्ता गएका ओलीसंग पार्टी एकता टुक्रिन दिन नहुने विषयमा छलफल भएको छ । पार्टीमा देखिएको विवादका कारण कार्यकर्तामा नकारात्मक असर परेको भन्दै एकतालाई नै बलियो बनाएर लैजानुपर्ने सुझाव गौतमले ओलीलाई दिएको बुझिएको छ ।

नेता गौतम तत्कालिन माओवादी र एमालेबीचको पार्टी एकिकरणका सुत्राधार हुन् । उनी पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षका नेता हुन् । भैसेपाटीमै भेट्न आएका प्रधानमन्त्री ओलीलाई पनि पार्टी एकतालाई बलियो बनाउन उनले सुझाव दिएको स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्