Tuesday, October 27

सरकारी नियमको धज्जी उडाउँदै साझा यातायात, सरोकारवाला निकाय मौन

July 29, 2020 89

भक्तपुर, १४ साउन । लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने सरकारी नियमको साझा बसले धज्जी उडाइरहेको छ ।

कोभिड–१९ (कोरोना भाइरस)को जोखिम न्यूनीकरण गर्नका लागि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान सवारी पासको नियम लागू गरेको छ । तर, सरकारकै स्वामित्वमा रहेको साझा यातायातले भने विभिन्न जिल्लाबाट काभ्रे हुँदै साँगासम्म आएका यात्रुलाई उपत्यका प्रवेश गर्न सहज गर्दै सरकारले लागू गरेको नियम उल्लंघन गरिरहेको छ ।

बाहिरी जिल्लाबाट उपत्यकाभित्र प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास आवश्यकता पर्ने नियमको पालना साझा बसले नगरेको पाइएको हो ।

काठमाडौंदेखि भक्तपुरसम्म मात्र चल्ने पाउने साझा बस उपत्यकाको पूर्वी नाका काभ्रेको नासिका प्रहरी चौकी साँगा पुगेर यात्रु ओसारपसार गर्दै आएको छ । तर, अन्य प्रा.लि.का यातायात भने जगाती चौकी छेउमै यात्रु कुरेर बसेका हुन्छन् ।

साझा बसले सरकारको नियमलाई चुनौती दिदै बसभित्र सामाजिक समेत दूरी कायम नगरी एउटै सिटमा दुई–दुई जना यात्रुलाई ओसारपसार गर्दै आएको छ ।

साझाले यात्रुलाई खचाखच राखेर दोब्बर भाडा असुलिरहेको समयमा समेत सरोकारवाला निकाय मौन रहनु दुःखदको विषय हो । भाडा दर महँगो हुनु र कोरोना नियन्त्रणमा देखाउनु पर्ने भूमिका सवारी चालकहरुले लागू नगर्दा झनै जोखिम हुने गरेको यात्रुहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्