Tuesday, October 20

जंगलमा महिलाको शव भेटियो

July 31, 2020 141

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगा नजिकैको जंगलमा एक महिलाको शव फेला परेको छ।

भेरी नगरपालिका ३ स्याँलाकी ४५ वर्षीया दुर्पती विश्वकर्माको शव बिहीबार राति गाउँ नजिकैको जंगलमा फेला परेको हो। उनको टाउको र गर्धनमा समेत घरेलु हतियारको चोट रहेको र शवको प्रकृति हेर्दा हत्या गरेर जंगलमा फालिएको देखिन्छ। घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान थालिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए।

मृतक द्रुर्पतीका पति पदमबहादुर विश्वकर्माले आफू घरमा नभएको मौका छोपी पत्नीको हत्या गरिएको बताएका छन्। उनका अनुसार आफ्नो बारी हुँदै सडक खन्ने विषयमा स्थानीयसँग विवाद थियो। सडकले धेरै जग्गा मास्ने भन्दै नदिने अडानमा हुँदाहुँदै सडक खनिएको थियो। उनले जबरजस्ती सडक खनिएपछि स्थानीय प्रशासनसँग सुरक्षासमेत मागेकी थिइन्।

पदमबहादुर अर्की पत्नी सँग अर्को घरमा बस्ने भएकाले उनी घरमा एक्लै बस्दै आएकी थिइन्। केही दिन अघि सोही गाउँका एक पुरुषको पनि शंकास्पद मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्