Thursday, October 22

नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु !

August 1, 2020 150

काठमाडौं-भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार बटाला र तरन तारण र पन्जाबको अमृतसर जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको हो ।

रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्न मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिइसकेका छन् । त्यस्तै भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ । रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्