Tuesday, October 20

दुखर खबर, रोल्पामा १४ युवाको कुटपिटबाट ईश्वरको ज्यान गयो

August 2, 2020 31

काठमाडौं, साउन १८ । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रहरीले जनाएको छ ।

आरोपित बस्नेतले पाँच हजार रुपैयाँ र घडी लुटेको टेकबहादुर बस्नेतले बताएका छन् । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारमा लाने क्रममा शनिबार मृत्यु भएको थियो । घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्