Monday, October 19

फरार कैदी प्रहरी नियन्त्रणमा

August 2, 2020 111

मकवानपुर, १८ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जेलबाट फरार भएका कैदीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका सुनसरी रामधुनी नगरपालिका–७ का कुलदीपराज धामी गत कात्तिक ३० गते कारागारबाट भागेका थिए ।

धामीले सोही स्थानका रोजिन गुरुङलाई कर्तव्य गरी हत्या गरेका अभियोगमा कैद भुक्तान गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले खोजतलास गर्ने क्रममा गत शुक्रबार नवलपरासी जिल्लाको देवचुली नगरपालिकाको रजहर पुल छेऊबाट नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

पक्राऊ परेका कैदी धामीलाई पुनः भीमफेदी कारागार चलान गरिने प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्