Thursday, October 22

कोरोना अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गयो कोरोनाका बिरामीको, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

August 2, 2020 79

काठमाडौं – नेपालमा आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए ।

ति महिलाको नारायणी बयोधा अस्पतालमा उपचार गरेर नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य मनत्रालयका अनुसार यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

यसअघि पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो ।

 

नेपालमा आइतबार थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आइतबार थप १ सय ११ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ६ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ११ जनाले कोरोनालाई जितेर घर फर्केको जानकारी दिए ।

डा गौतमका अनु्सार नेपालमा पछिल्लो २४ घण्टामा ८ जहार १ सय ६१ जनामा पिसिआर परिक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ७२ रहेको छ ।

प्रतिकृया दिनुहोस्