Tuesday, October 20

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

August 2, 2020 89

आँबुखैरेनी, १८ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित समस्तीपुरमा शनिबार साँझ नौ बजेको समयमा चितुवाको आक्रमणबाट दश बर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

खाना खाएर हात धुन बाहिर निस्किएकी मन्जु थापाकी १० वर्षीया छोरी अमिशा थापालाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन् ।

चितुवाको आक्रमणबाट बालिका गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

घाइते बालिकालाई उपचारको लागि चितवन कलेज भरतपुर उपचारको लागि पठाइएको उनले बताए । चितुवाले बालिकाको गर्दनमा नै प्रहार गरेकोले अवस्था खतरा रहेको प्रहरीले जनाएको छ ।

हालसम्म तनहुँको विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी छ जना बालबालिकाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै भानुनगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी छ जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्