Thursday, October 22

कार्टुनमा भेटिएकी बच्चाको भयो न्वारन, आमालाई न्वारनको दिन रासन देखी भाले सम्म उपहार (भिडियो)

August 3, 2020 178

काठमाण्डौ – करिब एक हप्ता अगाडि कपनमा बिस्कुटको कार्टुनमा फेला परेकी बालिकाको न्वारन गरिएको छ । उनको आइतबार बिहान हिन्दू परम्परा अनुसार धार्मिक बिधी सहित न्वारन गरिएको हो ।

ब्राह्मणले उनको नाम रितिका राखेका छन । तर यस अघी उनलाई पुष्पा अधिकारीले प्राप्ती नाम राखेर सम्बोधन गर्नु भएको थियो । बिहानै देखी यहाँ सहयोग गर्न आउने र भिडियो खिच्नेको चहलपहल देखिएको छ । तर यसै समयमा कोही रासन बोकेर आएका छन त कोही भाले ।

उपहार जे जती बोकेर बच्चालाई भनी ल्याए पनी सबै महिलाको एउटै आवाज थियो । आफुले जन्माएको बच्चालाई त्यसरी छोड्न नहुने । एक महिलाले भनिन “आमाको होला कुनै बाध्यता तर त्यस्ता बाध्यताको सामना गर्न सक्नु पर्थ्यो । समाजमा अझै पनि धेरै सहयोगी मन भएकाहरु छन जसको कोही हुन्न उसको भगवान छन भन्ने बुझ्नु पर्ने बताउनु भयो ।

हेर्नुहोस् यो भिडियो :-

प्रतिकृया दिनुहोस्