Wednesday, October 28

प्रेरणाको श्रोत पहिलो सन्तान छोरासँग रमाउँदै रूपा कृष्ण (फोटो फिचर)

August 3, 2020 153

काठमाडौँ/ रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरूको जीवनको सङ्घर्ष मानिसको जीवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । हाल यो जोडीको लागि निकै ठुलो खुसी प्राप्त भएको छ । यी २ को सन्तान प्राप्ति भएको छ ।

पहिलो सन्तान स्वरूप जोडीको छोराले जन्म लिएको छ ।छोराको जन्म भएको २ हप्ता पुग्नै लाग्यो । यो बिचमा दुवैले आफ्नो सन्तानको तस्बिर लाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । यो खुसीमा उनीहरूलाई शुभचिन्तकहरूले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्ने क्रम अझै पनि चलिरहेको छ । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जीवनको सबैभन्दा दुखद अवस्था वाट पार भएका छन् ।

उनीहरू अहिले आफ्नो जीवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् । दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठुलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरूले आर्थिक सहयोग पाए । देश र विदेश वाट आशीर्वाद र माया पाए । अहिले कृष्णले कृत्रिम खुट्टा लगाएका छन् । तस्विरः रूपा वली मगरको फेसबुक बाट

सबैको जानकारीको शेयर गर्नुहोस !!!

 

प्रतिकृया दिनुहोस्