Wednesday, October 28

दक्षिण अफ्रिकामा पहिलो पटक कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

August 4, 2020 232

काठमाडौं, २० साउन । कोरोना भाइरस संक्रमणबाट दक्षिण अफ्रिकामा एक नेपालीको ज्यान गएको छ । स्थायी घर पाँचथर जिल्ला भएका ३४ बर्षीय उनको सोमबार ज्यान गएको बताइएको छ ।

केही समय अघिबाट उनी दक्षिण अफ्रिकाको जोहान्सबर्गमामा सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका थिए । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट सम्भवत पहिलो नेपालीको ज्यन गएको हो ।

यसअघि दक्षिण अफ्रिकामा काेराेनाबाट कुनैपनि नेपालीको ज्यान गएको सूचना नआएको र यो नै पहिलो घटना भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्