Thursday, October 22

कार्टुनमा फेला परेकी बालिका आमा पहिलो पटक मिडियामा : फाल्ने भए म बिदेशमै फाल्ने थिए, ९ महिना पेटमा राखेर किन हुर्क्याउने थिए होला र ?

August 5, 2020 72

काठमाडौं । केहि दिन अगाडि विस्कुटको कार्टुनमा फेला परेकी बालिका आमा पहिलो पटक सार्वजनिक भएकी छन् । आफुले जन्मदिएको बच्चालाई आफुले त्यसरी सडकमा नफालेको बताएकी छन् । उनले आफुले बच्चा स्वीकार गर्न सक्ने अवस्था नभएका कारण अरुलाई जिम्मा दिनुपर्ने अवस्था भएकाले पुष्पा अधिकारीलाई संरक्षणमा दिएको बताएकी छन् । विदेशवाट आउँदा उनी गर्भवती अवस्थामा थिइन् । उनले शिक्षण अस्पतालमा जन्मदिएकी हुन् । परिवारका सदस्यलाई आफु गर्भवती भएको थाहा नभएका कारण उनले बच्चा आफुले पाल्न सकिनन् । स्वास्थ्य अवस्था पनि राम्रो नभएका कारण आफुले बच्चा हुर्काउन नसक्ने भएकाले बालगृहकी संस्थापक पुष्पालाई जिम्मा दिएकी थिइन् ।

उनले भनिन् म निकै अस्वास्थ्य छु । समय समयमा रगत चढाउनु पर्छ त्यसैले उपचार गरिरहेकी छु । स्वस्थ्य भएपछि बच्चा लैजाउँला भनेर बालश्रममा राख्न दिएको हो । उनले विदेशवाट आएपछि एउटा सामाजिक संस्थाको संरक्षणमा बसेकी थिइन् । उनले आफु विदेशवाट आएपछि तत्काल घर जान नसकेको बताइन् । अहिले भने उनले आफै बच्चा जिम्मा लिएकी छन् । मैले मेरो नानी जिवित फेला पारे त्यही खुसी छु अब कसरी हुर्काउने त्यसका बारेमा सोच्दैछु । त्यसरी खेल खेल्नेहरुलाई त अब दिन्न । आफै अरुको सहारामा बस्नु पर्ने अवस्था भएका कारण बच्चालाई आश्रममा दिनुपर्ने बाध्यता भएको बताइन् । तर त्यस्तो गर्लान भन्ने मलाई लागेको थिएन । उनले बच्चा आश्रममा दिँदा राम्रो ब्यक्ति आयो भने जिम्मा दिनुहोला भनेर दिएको पनि बताइन् ।

बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् । उनको बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो ।

शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको रहस्य खुलेको छ। उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चालाई जन्म दिइन् । काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय गोप्य राखिएको छ । उनी माक्स लगाएर भिडियोमा सार्वजनिक भएकी छन्

प्रतिकृया दिनुहोस्