Wednesday, October 21

लेबनानमा २७ सय ५० टनको एमोनियम नाइट्रेड बिस्फोट, ७० को मृत्यु, ४ हजार बढी घाइते (भिडियाे)

August 5, 2020 179

एजेन्सी, २१ साउन । बिगत ६ बर्षअघिबाट गोदाममा राखिएकाे २७ सय ५० टनको एमोनियम नाइट्रेड बिस्फोट हुँदा लेबनानमा ७० जनाकाे मृत्यु भएको छ भने ४ हजार बढी घाइते भएका छन् । बिस्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बिस्फोटक पदार्थ पड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जनाएका छन् ।

बिस्फोट भएको पदार्थ २७ सय ५० टन एमोनियम नाइट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वीकार भएको छ । यो असुरक्षित तवरले स्टोर गगरिएको कारण बिस्फोट भएकोले ठूलो मानवीय क्षति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मिशेल एउनले बताउनुभएको छ । उहाँले ट्वीट गर्दै असुरक्षित रुपमा बिस्फोटक पदार्थ राखिएको प्रति आक्रोससमेत जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ- ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ भिडियोमा बिस्फोटपछि धुवाँको ठूलो मुस्लो उड्दै गरेको र आगो दन्किरहेको देखिन्छ ।

बिस्फोटनको घटना प्रति अनुशन्धान थालिएको छ । के कति कारणले बिस्फोट भएको भन्नेबारे खुलेको छैन । त्यहाँको सर्वोच्च सुरक्षा परिषदले बिस्फोेट गराउने तथा दोसीप्रति कडा कारवाहीको माग गरेको छ । घाइतेहरु यतिबेला अस्पतालमा उपचाररत छन् । घाईतेहरुको संख्या धेरै भएकाले अस्पताल भरिभराउ छन् । बिस्फोटका कारण सयौँ घरहरु ध्वस्त भएका छन् ।

राष्ट्रपति एउनले तीन दिनका लागि शोक गर्दौ आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने बताउनुभएको छ । बिस्फोटको आवाज पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म सुनिएको थियो । जुन २४० किलोमिटर टाढा पर्छ । लेबनााका प्रधानमन्त्री हासन दियबले बिस्फोटलाई गम्भीर विनाश बताउदै दोसीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्