Thursday, March 4

सेफ्टी टयाङ्कीमा डुबेर पाँच वर्षीया नाबालिकाको मृत्यु

August 5, 2020 305

बारा, २० साउन । बाराको महागढी नगरपालिका–१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ ।अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिनुभयो ।

मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्त मिश्रले जानकारी दिनुभयो ।

यस्तै – सर्लाहीमा भोलिदेखि साउन २७ गतेसम्म ‘लकडाउन’

सर्लाली, २० साउन । कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा भोलि ९बिहीबार० देखि साउन २७ गतेसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार सूचना जारी गर्दै कडा निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभएको छ ।

कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

अनुमति प्राप्त सवारीसाधनबाहेक केही पनि चलाउन नपाउने उल्लेख छ । आवश्यक कामबाहेक घरबाहिर निस्कनसमेत रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्