Saturday, October 24

आज साउन २३ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

August 7, 2020 35

आज वि.सं.२०७७ साल साउन २३ गते शुक्रबार ।सन् २०२० अगष्ट ०७ तारिख । प्रमादी संवत्सर दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय ०५ः३० , सूर्यास्त बेलुकी ०६ः ४६

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)   सरकारी काममा फाइदा पाइनेछ । नया काममा खर्च हुनेछ । सामाजिक काममा प्रशंसा मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  शुभ खबर आउनेछ। अध्ययमा प्रगति हुने याेग छ । आफन्तकाे भरपूर साथ मिल्नाले काम बन्ने छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  बाधाको सामना गर्नुपर्ने याेग छ। आलोचना हुन सक्छ सतर्क रहनु हाेला। काममा फाइदा हुने छैन।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  आम्दानीकाे श्राेत फराकिलाे हाेला। व्यवसायमा प्रतिफल मिल्नेछ ।साझेदारी काममा साथिभाइको सहयोग हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेममा मनमुटाव हुनसक्छ ।  राजनीतिमा प्रगति हुनेछ । विलासीतामा मन जाने हुँदा आर्थिक खर्च बढ्न सक्छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मान सम्मानमा बृद्धि हुनेछ।  अध्ययनमा रुचि बढ्नेछ । सन्तानको खुशी बढ्नेछ । लगानीमा आम्दानी राम्रो हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  आम्दानीका श्राेत बढाउने तर्फ ध्यान दिँदा फाइदा हाेला।  अनावश्यक शंकाले पिरोल्नेछ । प्रमेमा प्रगाढ हुने छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइबाट  धनको सहयोग मिल्नेछ । प्रेम र मित्रता प्रगाढ हुने याेग छ।  गर्दै आएकाे कामकाे जिम्मेवारी थपिन सक्छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ।  धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । भोजभतेरमा सामेल भइनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  छोटो तथा रमाईलो यात्राको तय हुनेछ । खुशीको माहोल बन्नेछ । । मनोरञ्जनमा दिन बित्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ।  यात्रामा समस्या आउनेछ। घरपरिवार सबैबाट सहयाेग पाइएला।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)   व्यापार व्यवसायबाट लाभ मिल्ने छ। दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ। विशेषगरी स्वास्थ्यम भरपूर ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्