Thursday, October 22

काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिन १०६ जनामा कोरोना संक्रमण, सङ्क्रमित दुई जनाको पाटन अस्पतालमा मृत्यु

August 7, 2020 170

काठमाडौं उत्यकामा पहिलोपटक एक सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ६ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना छन्।उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो। बिहीबार उपत्यकामा ८६ जनामा संक्रमण देखिएको थियो। शुक्रबार देशभर भने ४ सय ६४ जनमा संक्रमण पुष्टि भएको छ।

ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ । अस्पतालका अनुसार साउन १९ गते भर्ना भएका दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । मृतकमध्ये ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको हो । सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।

अस्पतालका अनुसार मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उहाँलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालका अनुसार कोरोना सङ्क्रमणको पुष्टि भएकोमा ४१ वर्षीय महिलाको आज बिहान उपचारकै क्रममा निधन भएको बताएको छ ।

यसअघि साउन १६ गतेसमेत पाटन अस्पताल, ललितपुरमा झसिखेल निवासी ६५ वर्षीया महिलाको उपचारकै क्रममा निधन भएको थियो । कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्टार अस्पताल सानेपाबाट रिफर गरिएको वृद्धको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्