Saturday, October 24

वीर अस्पतालमा दिनहु चिकित्सकमा कोरोना देखिन थालेपछि ३५ कर्मचारी क्वारेन्टिनमा

August 7, 2020 114

काठमाडौं । वीर अस्पतालका थप १ चिकित्सकमा देखियो कोरोना देखिएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्ताल स्रोतले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार बिहिबार र शुक्रबार गरेर २ चिकित्सकमा कोरोना संक्रमण पुष् िभएसँगै छि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यसैबिच नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुष रहेका छन् ।

उनको कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएको हो । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले बताए ।

यसअघि नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि विहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मोरङको कोशी अस्पताल, विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । त्यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । धनुषाकी वर्ष ७२ वर्षीकी एक महिलाको ओम अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्