Friday, October 23

काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ गर्ने निर्णय (बिज्ञप्तिसहित)

August 8, 2020 87

काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।

कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन्­ ।

सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्, ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।’ बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।

अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गरिने

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षासम्बन्धी सेवाबाहेकका अन्य सेवा तत्कालका लागि स्थगन गरेको छ । आज काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको बैठकले शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य जारी रहने जानकारी दिएको छ ।

यस्तै नयाँ नेपाली नागरिकता वितरण, नागरिकताको प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता पत्रपत्रिका दर्ता साथै नवीकरण, निजी सुरक्षा, कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिक परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी अनिवार्यरुपमा मास्कको प्रगोग गर्नुपर्नेछ । यस्तै परिसरभित्र स्यानिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले नियमित हात धुनुपर्ने व्यवस्था गरिएको छ । अनावश्यक भीडभाड नगरी सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार कोरोनाको जोखिम बढेका कारणले यही साउन २५ गतेदेखि आगामी भदौ ८ गतेसम्म नियमित अत्यावश्यकीय सेवाबाहेकका अन्य काम कारवाही हाललाई स्थगन गरिएको छ ।

सबैको जानकारीको शेयर गर्नु

प्रतिकृया दिनुहोस्