Saturday, October 24

नेपालमा कोरोनाबाट आज मात्रै ३ जनाले ज्यान गुमाए, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

August 8, 2020 312

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा फेरी ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

डा गौतमका अनुसार शनिबार ज्यान गुमाउने ३ जनामा पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन् । यसअघि हिजो शुक्रबार एकैदिन पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै शनिबार ४ सय ९९ जनाले कोरोनालाई जितेर घर फर्किएको बताए । नेपालमा शनिबार ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रायलका अनुसार शनिबार मात्रै काठमाडौँमा ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५६ जना संक्रमितहरु रहेका छन् भने ललितपुर र भक्तपुरमा ३र३ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्