Friday, October 23

पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेका सुब्बाको निधन

August 11, 2020 29

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमले प्रतिस्पर्धा गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल अस्पतालमा उपचारका क्रममा रहेका सुब्बाको ८४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले सामाजिक सञ्जालमा सुब्बाको निधन भएको पुष्टी गर्दै आफू स्तब्ध भएको भएको जनाउँदै श्रद्धान्जली व्यक्त गरेका छन् ।

सुब्बाले सन् १९६२ मा नेपालले तत्कालिन पाकिस्तान हाल बंगलादेशमा भएको आँगा खा गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

सेन्टर फरवार्डको ऐमिका खेलेका उनी त्यो पुस्ताको राम्रो खेलाडी रहेको त्यस बेला टिममा रहेका अर्का सदस्य शालिकराम अधिकारीले बताए ।

‘उहाँ धेरै राम्रो खेलाडी हुनुहुन्थयो । उहाँहरुको एउटा टिम नै थियो । योङ् गोर्खा एसोसिएसन टिमबाट खेल्नुहुन्थ्यो’ अधिकारीले सम्झिए ।

प्रतिकृया दिनुहोस्