Saturday, October 24

गोङ्गबु घटना : छोरा कृष्णको पहिलो पटक खबर सुन्दा (भिडियो)

August 12, 2020 259

काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको घटनाको रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले ज्यान लिएको खबर खुलिसकेको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको ज्यान लिएकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र आधा शरीर भेटीए पछि घटना प्रहरीले अगाडी बढाएको थियो ।

घटनाको अखनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनयसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदेखि श्रीमान्को सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

घटना परिवारले थाहा पाएपछि अहिले रुँदै मिडियामा आएका छन् । आमा केही अघिसम्म घरमा एक्लै बस्दै आएकी छन् भन्ने खबर पाएको जानकारी दिए।

कृष्णबहादुरका दुई पत्नी छन् भन्ने पनि उनले बताए। भारत बस्ने क्रममा ६-७ वर्षअघि उनले दोस्रो बिहे गरेको शान्तराजको भनाइ छ। कृष्णबहादुरकी एक जना दिदी पनि छिन्। इलाका प्रहरी कार्यालय होलेरीले कृष्णबहादुरकी दिदी कमला र भिनाजु भक्तबहादुर घर्तीलाई डाकेर उनका बारेमा सोधपुछ गरिरहेको छ।

भक्तबहादुरसँग हामीले पनि कुरा गर्यौं। उनले कृष्णबहादुरकी जेठी श्रीमतीको मा’नसिक सन्तुलन ठिक नभएको र कान्छी श्रीमती ‘ओम् शान्ति’ मा लागेर भारत बस्ने गरेको जानकारी दिए। ‘कान्छीबाट ८ वर्षजतिको एउटा छोरा छ,’ घर्तीले भने, ‘जेठीबाट जन्मेको छोरा पनि भारतमै बस्छ भन्ने सुनिन्छ।’

काकाको छोरा र भिनाजुसँगको कुराकानीबाट हामीले के थाहा पायौं भने, कृष्णबहादुर रोजगारका लागि विदेश गएका रहेछन्। उनी अफगानिस्तान, इराक लगायत देश पुगे। केही समय भारतमा पनि बसे। ‘दाङ, काठमाडौं र भारत आवतजावत गरिरहन्थे भन्ने सुनेको थिएँ,’ शान्तराजले भने, ‘पछिल्लो समय के काम गर्थ्यो भनेर हामी अनभिज्ञ थियौं।’

भक्तबहादुरले पनि पछिल्लो समय उनी के काम गर्थे थाहा नभएको बताए। ‘गत वर्ष तिहारदेखि मैले भेटेको थिइनँ। त्यसअघि पनि कहिले के गर्छु भन्थे कहिले के भन्थे,’ उनले भने, ‘उनी के काम गर्दै थिए भन्ने नै हामीलाई थाहा थिएन।’ इलाका प्रहरी कार्यालय होलेरीका निरीक्षक मेघनाथ चापागाइँले कृष्णबहादुरका भिनाजु र दिदीसँग घटनाबारे सोधपुछ गरेको बताए। ‘उहाँहरूले गत वर्ष तिहारदेखि भाइलाई नभेटेको बताउनुभएको छ,’ चापागाइँले भने, ‘अरू कुरा बुझ्न बाँकी नै छ।’

प्रतिकृया दिनुहोस्