Thursday, October 22

पोखरामा फेरी कोरोनाबाट १ जनाको मृत्यु, आफ्न्ताको टाडैबाट रुदै भयो अन्तिम संस्कार (भिडियो)

August 12, 2020 191

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु भएको छ। ​ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरीरहेका एक जना कोरोना संक्रमितको शनिबार राति ११: ३५ बजे मृत्यु भएको हो । मृतक पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । उनी डाइयबिटिजका बिरामी रहेका र गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो।

ज्वरो, रूघाखोकीले ग्रस्त भएर आफैं अस्पताल गए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १६ गते भर्ना हुन पुगेका उनको स्वाब निकालेर कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आयो। त्यसपछि अस्पतालकै आइसोलेसनमा बसे। उनी मधुमेहका बिरामी थिए। उनलाई आइसोलेसनमै राखेर अस्पतालका चिकित्सकले निगरानी गरिरहेका थिए। उनी पोखरास्थित घरमा एक्लै थिए। उनका श्रीमती र २ छोरी हङकङमा छन्।

उनी पनि हङकङ जाने तयारीमा रहेका थिए। ‘लकडाउन हुँदैनथ्यो भने उनी यतिबेला हङकङ पुगिसकेका हुने थिए एक्लै बसेका उनले घरमै सच्चाइ चलाएका थिए। सच्चाइमा विभिन्न धर्ममा आस्था राख्ने मानिसहरू जम्मा भएर भजनकिर्तन गर्ने गर्छन्। बिरामी हुनुभन्दा अघिसम्म पनि उनले घरमै सच्चाइका अनुयायीलाई बोलाएर भजनकिर्तन गर्थे। ।

कोरोना भाइरसको महामारी भर्खर सुरु हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे। प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई चैत ११ मै प्रहरीले पक्राउ गरेको थियो। चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गरिदिनुहुन्छ भन्ने उनी अहिले जेलमा छन्। सरकारले भिडभाड नगर्ने भनेको बेला भिड गरेको र कानुन विपरीत धर्म प्रचार गरेर भ्रम फैलाएको आरोप उनीमाथि थियो।

पोखरा १९ लामाचौरमा त्यसरी नै धर्मकै आडमा भिड जम्मा गर्दै आएका र कोरोना नलाग्ने र आफूले भगाउने दाबी गर्ने एकजनाको भने ज्यानै गएको छ। उनको ज्यान जानुको कारण अरु केही नभएर कोरोना भाइरस नै रहेको पुष्टि भएको छ। मृत्यु भएका वृद्धको शव आइतबारै व्यवस्थापन भएको छ। प्रहरी, सेना, सशस्त्र प्रहरीसमेतको टोलीले वृद्धको शव पोखरा ३२ मजुवामा गाडेको हो। कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि अनुसार स्थानीय तहले पहिचान गरेको त्यही ठाउँमा शव गाड्न लाग्दा स्थानीयले अवरोध गरेका थिए।

प्रतिकृया दिनुहोस्