Wednesday, October 28

नेपालमा आज मात्रै कोरोनाबाट थप ८ जनाको मृत्यु, अवस्था भयाभह बन्यो

August 12, 2020 127

काठमाडौं । नेपालमा आज मात्रै कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमणका कारण ८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमले पुष्टी गरेका छन् । बुधबार ज्यान गुमाउनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । त्यस्तै कोरोनाको हटस्पोट बनेको काठमाडौं उपत्यकामा आज फेरी थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ सय ४३ जनामा पुष्टि भएको संक्रमण बढेर १३९ जना पुगेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमका अनुसार ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको गौतमले बताएका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्