Sunday, October 25

बुटवल भदौ ५ गतेसम्म लकडाउन

August 12, 2020 76

बुटवल : कोरोना संक्रमित बढेपछि बुटवल लकडाउन गरिएको छ। बिहीबार रातिदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेक अरु बन्द हुनेगरी लकडाउन गरिएको हो। बुटवल उपमहानगरमा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको नगर उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिइन्।‘बजारमा भीडभाड अत्याधिक भएपछि संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गर्ने निर्णय गरियो’ उनले भनिन्।

 

बुटवलका वडा नम्बर ११ र १३ मा कोरोना संक्रमितका बिरामी देखिएका छन्। एउटा टोल नै परीक्षणको दायरामा आएपछि नगरपालिकालाई लकडाउनको दवाब परेको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोकेको छ। नगरपालिकाका वडाबाट दिइने सबै सेवाहरु १० दिनका लागि रोकिएको हो।

प्रतिकृया दिनुहोस्