Thursday, October 22

हेर्नुहोस,सुख प्रप्तिका लागि बिहीवार कुन भगवानको पुजा/व्रत बस्ने ?

August 13, 2020 92

वैवाहिक सुख प्रप्तिका लागि, गुरु बृहस्पतिको अ नि बष्ट फ़ल निवारणकानिम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ ।बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ ।

 

पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ । धेरैधेरै पाहिलेको कुरो हो – एकजना असाध्यै प्रतापी र दानी राजा थियो । ऊ प्रत्येक बिहीवारका दिन व्रत लिन्थ्यो र पुण्यकर्म गर्दथ्यो । यस्तो क्रियाकलाप उसकी रानीलाई मन पर्दैनथ्यो । उसकी रानी न त व्रत नै लिने गर्दथी, न त कसैलाई एक पैसा दान नै गर्दथी ।

उसका इच्छाले राजाले पनि यी क्रियाकलाप नगरे हुन्थ्यो भन्ने ठान्दथी । एक पटकको कुरा हो राजा शिकार खेल्न वनतर्फ़ गए । घरमा रानी र दासीहरू थिए । त्यस समयमा गुरु वृहस्पति साधुको रूप धारण गरेर राजको ढोकामा देखा पर्नुभयो । साधुले रानीसित भिक्षा मांग्दा ऊ भन्न थाली – हे साधु महाराज ।

 

 

म यस दान र पुण्य भन्ने शब्दसितै घृणा गर्दछु । हजुरले कुनै यस्तो उपाय बताउनु हवस्, जसबाट यी सम्पूर्ण धनसम्पत्ति नाश हवोस्, म यो वैभव समाप्त भएपछि मात्र आनन्दले बस्न पाउछु । साधुरुपी वृहस्पति देवताले भन्नुभयो, हे देवी ।उसकी बहिनीले बताईया, बिहीबारको व्रत बस्दा चनाको दाल र गुडले विष्णु भगवानको स्मरण गर्दै केराको बोटको जरामा पूजा गरेर धूपबाती गर्नुपर्छ ।

 

पहेंला खाद्यपदार्थ उपभोग गर्नुपर्छ र कथा श्रवण गर्नुपर्छ । यसो गर्नाले गुरु बृहस्पति प्रसन्न हुनुहुन्छ, सम्पूर्ण मनोकामना पूर्ण हुन्छन । व्रत र पूजनविधि बताएर रानीकी बहिनी आफ्नो घर फर्किई ।रानी र दासी दुबैले निश्चयतापूर्वक सात दिनपछि बिहीबारको व्रत लिने प्रण गरे । घोडाको तबेलामा गई चना र गुड़ खोजमेल गरी ल्याए र ती सरजामले केराको बोटको जरामा विष्णु भगवानको स्मरण गर्दै पूजन गरे । अब खानका निम्ति पहेंलो खाद्यपदार्थ कहांबाट पाउनू, दुबै असाध्यै दुखी भए । तर उनीहरूले श्रद्धाभक्तिपूर्वक व्रत गरेका थिए, त्यसैले वृहस्पतिदेव प्रसन्न हुनुहुन्थ्यो ।

 

तिमी साह्रै विचित्रकी स्त्री रहिछ्यौ । संतान र धनसित तृप्त हुने मान्छे मैले देखेको थिइन, यदि तिमिसंग प्रशस्त धन छ भने त्यस धनलाई शुभ कार्यमा खर्च गर, जसबाट तिम्रा इहलोक र परलोक दुबै सुध्रनेछन । तर साधुका यी उपदेश सुनेर रानी खुसी भइन । उसले भनी, मलाई यस्तो धनको खांचो छैन, जुन धन मैले दानादिमा खर्च गर्नुपरोस तथा जुन धन स्याहार्दा स्याहादै मेरो यावत समय नष्ट हुन्छ । साधुले फेरि भन्नुभयो, लौ त तिम्रो अब यस्तै इच्छा छ भने म जसोजसो भन्छु, त्यसै गरन त ! बिहीबारका दिन तिमिइले आफ्नो घर गोबरले लिप्नु, आफ्नो कपाल पहेलो माटोले धुनू, कपाल धुने समयमा स्नान समेत गर्नु, राजासित कपाल खौरिणा भन्नु, भोजन गर्दा मासुमदिरायुक्त भोजन गर्नु, आफ्ना लुगाफाटा धोबीलाई धुन दिनु । यसरी सातवता बिहीबार गर्यौ भने तिम्रा सम्पूर्ण धनधान्य र वैभव नष्ट हुन जानेछ ।

यति भनेर साधुका भेषमा आउनु भएका गुरु वृहस्पति अंतर्धान हुनुभयो । साधुले बताएबमोजिमका कृत्य गरेको अहिले तीन हप्तामात्र भेको थियो, त्यस राज्यकोषको समस्त धन९संपत्ति न ष्ट हुनपुग्यो । भोजन गर्नका निम्ति पनि परिवारले लालायित हुनु पर्ने स्थिति आयो । एक दिन राजाले रानीलाई भन्यो, हे रानी । तिमी यहीं बस, म अर्को देश जान्छु, यस देशमा मलाई सबैले चिनेका छन त्यसैले यहां सानातिना काम गर्न लाज हुन्छ ।यति भनेर राजा परदेश गयो । त्यहां ऊ जंगलबाट दाउरा बटुलेर शहरमा ल्याई बेच्दथ्यो । यसरी नै बिचरा राजा आफ्नो जीविका चलाउन थाल्यो । यता, राजाबिना रानी र दासीहरू दुखी त छदैथिए, एकपटक तिनीहरूले सात दिनसम्म भोकै बस्नु पर्यो । रानीले भोक खप्न नसकेर दासीलाई नजिकैको सहरमा बसोबास गर्ने आफ्नी धनवान् बहिनीका घरमा गएर केही अन्नपात मागेर ल्याउन अह्राई । दासी रानीकी बहिनीका घर्मा पुगी ।

त्यस दिन बिहीबार थियो । रानीकी बहिनी त्यस समय बिहीबारको व्रतकथा सुन्दै थिई । दासीले रानीकी बहिनीलाई आफ्नी रानीको संदेश दिई, तर रानीकी बहिनीले कुनै उत्तर दिइन । यसरी रानीकी बहिनीले कुनै उत्तर नदिंदा दासी अतीव दुखी भई । उसलाई रिस पनि उठ्यो । दासीले आफ्नो घरमा फिर्ता आएर रानीलाई यावत वृत्तान्त सुनाई । सुनेर, रानीले आफ्नै भाग्यलाई सरापी । उता, रानीकी बहिनीले संझी मेरी दिदीकी दासी आएकी थिई, तर म उससित ओल्न पनि भ्याइन, यसबाट ऊ दुखी भई होली । कथा सुनिसकेर र पूजनादि समाप्त गरी ऊ स्वयम् दिदीका घर गई र दिदीलाई भनी, म बिहीबारको व्रतकथा सुन्दैथिएं ।

हजुरकी दासी आएकी थिई, कथावाचन हुन्जेलसम्म उठन, हिड्डुल गर्न र बोल्न समेत मनाही छ, त्यसैले म ऊसित बोल्न पाइन । दासी किन गएकी हो भनी म जानकारी लिन आएकी १ बहिनीका यस्ता कुरा सुनेर दिदीले भनी, बहिनी मेरा घरमा एक गेडो पनि अन्न थिएन, रानीले आफ्ना कुरा टुङ्ग्याउन पनि सकिन उसका आंखा आंसुले भरिए । उसले दासीहरूसमेत भोकै बस्नु परेको स्थिति पनि येनकेन बहिनीलाई बताई । रानीकी बहिनीले दिदिइक कुरा सुनेर भनी, सुन्नोस् दिदीहजुर १ गुरु वृहस्पतिले सबैका मनोकामना पूर्ण गर्नुहुन्छ । हुनसक्छ, हजुरका घरमा कति अन्न छ ।

यो सुनेर दासी घरभित्र जांदा त्यहाँ उसले एउटा अन्नले भरिएको घड़ा भेट्टाई । दासीलाई बडो आश्चर्य भयो किनकी उसले यस अघि नै एउटा एउटा भांडाकुंडा चहारेकी थिई । उसले बाहिर आई रानीलाई भनी, हे रानी आखिर हामीले भोजन नभेट्दा व्रत बसे सरह नै त हुन्छ, किन यिनैसित व्रत र कथाको विधि सोधेर बिहीबारको व्रत लिन थालौं । दासीले बताएपछि रानीले आफ्नी बहिनीसित बिहीबारको व्रतका विषयमा सोधी ।सकी बहिनीले बताईया, बिहीबारको व्रत बस्दा चनाको दाल र गुडले विष्णु भगवानको स्मरण गर्दै केराको बोटको जरामा पूजा गरेर धूपबाती गर्नुपर्छ । पहेंला खाद्यपदार्थ उपभोग गर्नुपर्छ र कथा श्रवण गर्नुपर्छ । यसो गर्नाले गुरु बृहस्पति प्रसन्न हुनुहुन्छ, सम्पूर्ण मनोकामना पूर्ण हुन्छन । व्रत र पूजनविधि बताएर रानीकी बहिनी आफ्नो घर फर्किई ।

रानी र दासी दुबैले निश्चयतापूर्वक सात दिनपछि बिहीबारको व्रत लिने प्रण गरे । घोडाको तबेलामा गई चना र गुड़ खोजमेल गरी ल्याए र ती सरजामले केराको बोटको जरामा विष्णु भगवानको स्मरण गर्दै पूजन गरे । अब खानका निम्ति पहेंलो खाद्यपदार्थ कहांबाट पाउनू, दुबै असाध्यै दुखी भए । तर उनीहरूले श्रद्धाभक्तिपूर्वक व्रत गरेका थिए, त्यसैले वृहस्पतिदेव प्रसन्न हुनुहुन्थ्यो ।एकजना साधारण व्यक्तिका रुपमा उहां दुईवटा थालमा स्वादिलो पहेंलो परिकार लिएर आउनुभयो र दासीलाई प्रदान गर्दै भन्नुभयो, हे दासी १ यो भोजन तिम्रा निम्ति र तिम्री रानीका निमित्त हो, यसलाई तिमीहरू दुबैले ग्रहण गर्नू । दासी भोजन प्राप्त गर्नाले अतीव प्रसन्न भई । उसले रानीलाई सम्पूर्ण वृत्तान्त बताई । त्यसपछिदेखि तिनले प्रत्येक बिहीबारका दिन गुरु भगवानको व्रत र पूजा गर्न थाले । वृहस्पति भगवानको कृपाले तिनीहरूसित धनागम भयो ।

तर रानी पुनः पहिले जसरी नै आलस्य गर्नथाली । अनि दासीले रानीलाई सम्झाई र भनी, हेर्नोस् महारानी १ हजुरले पहिले पनि यसरी नै आलस्य गर्नुहुन्थ्यो, हजुरलाई धन संग्रह गर्न र स्याहार्न क ष्ट हुन्थ्यो, त्यसैले सबै धन नष्ट भयो । अब गुरुदेव बृहस्पति भगवानको कृपाले धन प्राप्त भएको छ, त्यसैले पुनः आलस्य गर्नुहुन्न । ठूलाठूला कष्ट र पीडापछि मात्र हामीले यो धन प्राप्त गरेका हौं, त्यसैले दान९पुण्य गर्नु उपयुक्त हुनेछ ।अब हजुरले भोका मनुष्यहरूलाई भोजन गराउनुहोस, पंधेरो बनाउनुहोस, ब्राहमणहरूलाई दान दिनुहोस, इनार, पोखरी, आहाल आदिको निर्माण गराउनुहोस, मन्दिर–पाठशाला आदि बनाएर ज्ञानप्रदान गर्नुहोस, कुमारी कन्याको विवाह गरिदिनुहोस अर्थात् धनलाई शुभ कार्यमा लगानी गर्नुहोस, जसबाट हजुरको कुलको यश वृद्धि हुन्छ र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ, अनि पितृ पनि प्रसन्न हुन पुग्छन । दासीका सल्लाह मानेर रानी शुभ कर्म गर्नथाली । उसका सुयश फैलियो ।

एक दिन रानी र दासीका बिचमा राजाको अवस्था र खोजखबरको चर्चा भयो, अनि दुबैले श्रद्घा पूर्वक गुरु (वृहस्पति) भगवानसित प्रार्थना गरे राजा जहाँजस्तो अवस्थामा भएपनि तुरुन्त फिर्ता आएहुन्थ्यो । उता, राजा परदेशमा असाध्यै दुखी अवस्थामा थियो । ऊ नित्यप्रति जंगलबाट दाउरा खोजेर ल्यौंउथ्यो र त्यसलाई सहरमा बेचेर आफ्नो दुखी जीवनलाई बडो कठिनतापूर्वक धकेल्दै थियो ।एक दिन दुखी भई, आफ्ना अतीतका वैभव र ऐश्वर्यलाई संझना गर्दै ऊ रुनथाल्यो र उदास भयो । त्यसै समयमा राजा भएको स्थानमा वृहस्पतिदेव साधुका भेषमा प्रकट भई उसलाई सम्बोधन गर्दै भन्न थाल्नुभयो, ए दाउरे १ तिमी यस सुनसान जंगलमा के चिंताले बसेका छौ, मलाई त्यसको कारण बताऊ । यी वचन सुन्नासाथ राजाका नेत्र आंसुले भरिए । साधुको वंदना गरी राजाले आफ्ना संपूर्ण कथाव्यथा सुनायो, महात्मा त दयालु हुने गर्दछन ।

गुरु बृहस्पतिले राजालाई भन्नुभयो, हे राजा । तिम्री पत्नीले वृहस्पतिदेवका प्रति अपराध गरेकी थिईन, परिणामतः तिम्रो यो दशा भएको हो अब तिमी चिन्ता नगर भगवानले तिमीलाई पाहिलेभन्दा पनि धेरै धन प्रदान गर्नुहुनेछ । सुन, तिम्री पत्नीले बिहीबारको व्रत प्रारम्भ गरिसकेकी छन । अब तिमीले पनि बिहीबारको व्रत लिएर चनाको दाल र गुड़ पनिइको अमखोरामा हालेर केराको बोटमा फेदमा पूजा गर । त्यसपछि कथा भन वा सुन ।भगवानले तिम्रा सबै मनकामनाको पूर्णता प्रदान गर्नुहुनेछ । साधुका कुरा सुनेर राजाले सोध्यो, हे प्रभो १ दाउरा बेचेर त खान पनि मुस्किलले मात्र पुग्छ, मैले व्रत पूरा गर्ने सामग्री के पैसाले किन्नु र रु उता रात्रिकालमा सपनामा रानीलाई व्याकुल अवस्थामा देख्छु । मसित उनको समाचार थाहा पाउने कुनै साधन पनि छैन । पुनः मैले कुन कथा भन्ने होला, यो पनि त थाह छैन । राजाका जिज्ञासा शान्त पार्दै साधुले भन्नुभयो, हे राजन १ मनमा वृहस्पति भगवानको पूजन९व्रतको निधो गर । प्रभुले स्वयं तिम्रा निम्ति कुनै उपाय सुझाउनु हुनेछ ।

प्रतिकृया दिनुहोस्