Monday, October 19

प्राधिकरणमा कुलमान घिसिङलाई नै दोहोरयाउनुपर्ने पूर्वसचिव उपाध्यायको धारणा

August 13, 2020 182

काठमाडौं, नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले नेपाल विद्युत प्राधिकरण प्रमुख (प्रवन्ध निर्देशक) कुलमान घिसिङको कार्यकाल दोर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् ।

कर्मयोगी घिसिङ सफल म्यानेजर प्रमाणित भैसकेकाले यदि घिसिङ राजी हुन्छन् भने उनलाई नै प्राधिकरणको दोश्रो कार्यकालका लागि पनि नेतृत्व दिनुपर्छ भन्ने आम जनताको राय रहेको उपाध्यायको दावी छ ।

प्राधिकरणको नेतृत्वमा आएको छोटो समयमै दैनिक २० घण्टा लामो लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङ जनता माझ लोकप्रिय छवि बनाउन सफल छन् ।

पुस्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बेला प्राधिकरणको प्रवन्धकमा नियुक्त भएका घिसिंङको चार बर्षे कार्यकाल यही भाद्र महिनामा सकिदै छ ।

यस्तो छ उपाध्यायको फेसबुक स्ट्याटस् :

प्रम ओली ज्यू, नेपाल विद्युत प्राधिकरणका प्रमूख (प्रवन्धक निर्देशक) कुलमान घिसिंङको कार्यकाल यही भाद्र महिनामा पूरा हुदैछ। यदि घिसिङ राजी हुन्छन् भने अर्को एक कार्यकालको जिम्मा यिनै कर्मयोगी नेपाल सफल प्रमाणित म्यानेजरलाई नै प्राधिकरणको नेतृत्व थपिदिनुपर्छ भन्ने आम जनताको राय छ ।

प्रतिकृया दिनुहोस्