Thursday, October 29

२९ वर्षिय शारदाको यस्तो ठगी धन्दा, धन्दा देखेर सुन पसले र प्रहरी नै चकित

August 13, 2020 382

काठमाडौं, २९ साउन-करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ । उनले सुनका गरगहना किनेपछि व्यापारीलाई दिएको चेक साट्न जाँदा उनको बैंक खातामा पैसा नहुने पाइएपछि व्यापारी ठगिएका हुन् । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

प्रतिकृया दिनुहोस्