Friday, October 23

अमेरिकाकी सैन्य जहाजमा एक्कासी विस्फोट, विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते

July 13, 2020 132

एजेन्सी । अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा विस्फोट भएको छ । सान डिएगोस्थित जलसेनाको बेसमा विष्फोटपछि भएको आगलागीमा परेर २१ जना घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार घाइते हुनेमा अमेरिकी जल सेनाका अधिकारीहरुका अनुसार घाइते हुनेमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण पनि छन् । अमेरिकी समयअनुसार आइतबार एकाबिहानै भएको आगलागीका घाइतेहरुलाई तत्कालै उद्धार गरेर अस्पताल भर्ना गरेर उपचार थालिउको छ ।

विभिन्न अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेर आगो निभाउने काम गरेको लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरले बताउका छन् । उनका अनुसार अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

जहाजको वेल डेकबाट आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नौसेनाहरुले जहाज छाड्दै गर्दा विमानमा विस्फोट भएको लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्