August 13, 2020 202
काठमाडौं- दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिका वडा नम्बर १४ भित्र पर्ने क्षेत्र सिल गरिएको छ।
बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको हो ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन्।
वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको उनले बताइन् । फुटपाथ र ठेलागाढा व्यवसायसमेत बन्द गरिएको छ ।
फलफूल, तरकारी पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न निर्देशन दिइएको छ। अत्यावश्यक सेवामा समेत सामाजिक दूरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष सापकोटाले बताइन् ।
प्रतिकृया दिनुहोस्