Saturday, October 24

नेपालमा फेरी कोरोनाको कारण एक जनाको गयो ज्यान

August 14, 2020 124

विराटनगर-कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुष रहेका छन् । उनको बिहीबार राति करिब सवा ८ बजे ति पुरुषको मृत्यु भएको बताइएको छ । उनी गम्भीर अबस्थामा अस्पताल भर्ना भएका थिए ।

उनको शरीरमा रगतको कमी हुनुका साथै श्वासप्रश्वास र निमोनियाको समस्यापनि भएको बताइएको छ । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिए पनि बेड खाली नभएपछि उनलाई कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

प्रतिकृया दिनुहोस्