Wednesday, October 28

क्यान्सरबाट ग्रसित अमिताभ बच्चनले आफु लगाएत परिवारका परिवारलाइ नै कोरोना लागेपछि भावुक हुदै यसो भने

July 13, 2020 220

काठमाण्डौ – कोरोना भाइरसबाट संक्रमित भएका बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा आफु र आफनो परिवारका सदस्यको चिन्ता गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । ट्वीटरमार्फत अमिताभले सामाजिक सञ्जाल लगायतका माध्यामबाट आफ्नो र आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद दिँदै उनीहरुप्रति आभार व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्– ‘म लगायत अभिषेक, ऐश्वर्या र आराध्याका बारेमा चिन्ता व्यक्ति गर्ने सबैमा म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।’ उनले आफुले सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन असम्भव भएको भन्दै एकमुष्ठ आभार व्यक्त गरेका हुन् । उनले भनेका छन्– ‘म हात जोडेर भन्छु, तपाईहरुले दिएको मायाप्रति धन्यवाद छ ।’

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अमिताभलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनीसँगै छोरा अभिषेक बच्चन पनि अस्पतालमा भर्ना भएका छन् । आइतबार बिहान अभिषेक पत्नी ऐश्वर्या राय र छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ ।

त्यसलगत्तै अभिषेकले ट्वीटमार्फत जया बच्चन र घरका अन्य सदस्यहरुलाई भने कोरोना संक्रमण नेगेटिभ पाइएको बताएका थिए । उनले ऐश्वर्या र आरध्या भने क्वारेन्टाइनमा रहेन जानकारी दिएका छन् । अहिले अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

केहि समय अघि उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको थियो । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । सन् २०१२ मा अमिताभ १२ दिनका लागि अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको सर्जरी समेत भएको थियो। त्यसपछि सन् १९८२ मा फिल्म ‘कूली’को सुटिङ दौरान उनलाई गम्भिर चोट लागेको थियो। परिस्थिती यस्तो थियो कि उनलाई चिकित्सकहरुले ‘क्लिनकल्ली डे’ड’ घोषित गरिसकेका थिए। एक अन्तरवार्तामा अमिताभ स्वयम्ले हेपा’टाइटिसको इन्फेक्सनका कारण आफ्नो ७५ प्रतिशत कलेजो खराब भएको बताएका थिए।

प्रतिकृया दिनुहोस्