Tuesday, October 20

गोंगबु हत्या प्रकरण: कल्पनाको कर्तुतले अर्काको जग्गा कमाएर खाने बाबुआमा पनि कष्टमा

August 14, 2020 547

काठमाडौं, ३० साउन । काठमाडौंको गोंगबुमा भएको हत्या प्रकरणले अझै पनि धेरैको मानसपटलमा एउटा प्रश्नले डेरा जमाएको छ । विभत्स हत्या त्यो पनि महिलाबाट , यो सम्भव छ र ?

प्रहरीका प्रारम्भिक अनुसन्धान र कल्पनाको प्रहरी समक्षको साविती वयानले यही कुरा पुष्टि गरेको छ । तर यो घटनाले कल्पना आफु त अपराधको खाड्लमा फसिन नै आफ्ना नाबालक छोराछोरी मात्र नभएर अर्काको जग्गा कमाएर खाने बाबुआमालाई पनि कष्टमा पारेकी छिन् ।

 

आमासंग पनि वास्तविकता लुकाएकी थिइन कल्पनाले

गोंगबु स्थित एक होटलमा बस्दै आएका रोल्पा रून्टीगढी गाउँपालिका ७ का ४५ वर्षीय कृष्णबहादुर बोहोराको ज्यान लिएको अभियोगमा प्रहरीले चितवन घर भई हाल काठमाडौं बस्दै आएकी कल्पना मुडभरीलाई चितवन प्रहरीको समन्वयमा कालिका ९ शक्तिखोलाबाट नियन्त्रणमा लियो । प्रहरी समक्ष कल्पनाले हत्या स्वीकार गरिसकेकी छन् । चितवन घर भएकी कल्पना छोराछोरीसँगै डेरा लिएर त्यहाँ बस्थिन् ।

घटना घटे लगत्तै कल्पना एम्बुलेन्सको सहयोगमा माइती घर पुगेकी थिईन् । तर माइती घरमा भएका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिँदा समेत छोरीको कर्तुत बारे थाहा नभएको बताउछन् ।

घटना घटाएर घर जानु पहिले कल्पनाले आमालाई आफ्नो स्वास्थ्यमा समस्या आएको र केही समय आराम गर्नुपर्ने भएकोले घर आउने कुरा बताएकी थिइन् ।

प्रहरीले लास भेटेर घर/घरको खानतलासी सुरु गरे पछि उनले आमालाई कसैको शव भेटिएको र प्रहरीले खानतलासी सुरु गरेको र बच्चाहरु समेत आत्तिएको भन्दै माइती आउने कुरा पुनः बताएकी थिइन् ।

बेलुका ६ बजेतिर उनले काठमाडौँबाट हिडेको र खाना बनाएर राख्नु भनेकी थिइन् । राति पुगेकी उनले आमालाई पनि केही कुरा समेत बताएकी थिइनन् ।

 

सिभिलमा प्रहरी पुग्दा गाई किन्न मानिस आए भन्ने लाग्यो कल्पनाकी आमालाई

प्रहरी आफ्नो घर आउँदा पनि कल्पनाकी आमाले गाई किन्ने मानिस आएको भन्ने सोचेकी थिइन् । साधा पोशाकमा आएका प्रहरीलाई उनले पनि चिनिनन् । घरमा आएका प्रहरीलाई किन आएको भन्दा पनि कारण भनेनन् ।

प्रहरीले नियन्त्रणमा लिनु एक दिन अगाडि साधा पोशाकमा आएका प्रहरीले सोधी खोजी गरेका भए पनि उनले छोरीले गरेको कुरा थाहा नै पाइनन् । आफ्नो घरमा आएर ढोका थुनेर छोरीलाई सोधी खोजी गरेको देख्दा पनि उनले विषय के हो भन्ने पत्तो पाएकी थिइनन् ।

सिभिल ड्रेसमा गएका कर्मचारीलाई उनले आफुपनि घरभित्र नै जाने र घटनाको विषयमा जान्ने भनेपछि मात्र हत्याकाण्डको विषय छ तपाई चुप बस्नुस् भनेका थिए ।

जे गरेपनि मुटुको टुक्रा त हो सन्तान भनेकाे : कल्पनाकी आमा
एकैपटक सोमबार आएर प्रहरीले नियन्त्रणमा लियो, आमा भन्छिन, यदि यस्तो कुरा थाहा भएको भए केही कुरा सम्झाउने थिए, जस्तो भएपनि मुटुको घाउ हो, उनी भन्छिन् ।

साधा पोसाकमा आएका प्रहरी गएपछि उनले छोरी कल्पनालाई सोधेकी थिइन्, घटना केहो ? किन आएका तिनीहरु तर कल्पनाले आफुलाई फसाइदैँ गरेको बताएकी थिइन् । कल्पनाका बुबाले पनि छोरीको कर्तुतको बारेमा थाहा पाएनन् ।

 

अर्काको जग्गा कमाएर बसेका बाबुआमा कष्टमा परे
आफ्नो जग्गा जमिन नभएका कल्पनाका बुबा आमा अर्काको जग्गा अधियामा लिएर खेती किसानी गरेर चितवनमा नै बस्थे । शारीरिक रुपमा अस्वस्थ रहेका बुबा आमा कहिलेकाहीँ छोरीको कोठामा आउथे तर छोरीले यस्तो गर्लिन भन्ने कहिले नसोचेको बताउछन् । उनका बुबा भन्छन्, छोरीले यस्तो घटना घटाइन भन्दा पनि पत्यार लागको छैन ।

कल्पनाले आमालाई भनेकी थिइन : घरभाडा तिर्न नसकेको धेरै भयो

आमा भन्छिन्, त्यो एउटा मेरो छोरीको दुर्भाग्य नै थियो होला ! कसैको ज्यान लिनु भन्ने कुरा सजिलो कुरा होइन ऊ माथि केही भएको होला । मेरो छोरी नाती नातिनीलाई भ्यानमा लगे रे भन्ने सुन्यौँ, छोरीले मलाई फसाउन लागेको हो भन्ने वित्तिकै बेहोस् जस्तै भएछौँ उनीहरु भन्छन् । घरबेटीको भाडा तिर्न नसकेको धेरै भएको छ भनेकी थिइन्, कल्पनाले ।

प्रतिकृया दिनुहोस्