Saturday, October 24

रसियापछि बेलायतले पनि कोरोना बिरुद्धको भ्याक्सिन निर्माणमा पायाे सफलता !

August 15, 2020 193

एजेन्सी । रसियाले कोरोना भाइरसबिरुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चाकाबीच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायतको फार्मास्यूटिकल कम्पनी फाइजरले कोरोना भाइरसबिरुद्धको औषधि निर्माका प्रारम्भिक चरणमा सफलता प्राप्त गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार भइसकेको छ ।

यो सफताको साथसाथै बेलायत सरकारले फार्मास्यूटिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको बताइएको छ । यसको परीक्षण अमेरिकाका ३ भन्दा बढि बिश्वबिद्यालयहरु मार्फत मानव परीक्षण गरिएको थियो । परीक्षणपछि ती ब्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव नदेखिएको र रोग प्रतिरोधात्मक शक्तिपनि वृद्धि भएको बताइएको छ ।

 

न्यूयोर्कमा स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ। खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ । खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका थिए ।

फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी१६२बी१ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ ।

कोभिडविरुद्ध खोप निर्माण गर्ने पहिलो राष्ट्र भने रसिया बनेको छ । रसियाले कोभिड १९ विरुद्ध निर्माण गरेको खोप मानव परीक्षणमा समेत सफल भएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्