Tuesday, October 27

९ महिनाको बच्चालाइ एउटा कोठामा सुताएर अर्को कोठामा गरे दम्पतीले देहत्याग

July 13, 2020 364

एजेन्सी । एक दम्पत्ती आफ्ना सानो बालकलाई एउटा कोठामा एक्लै छोडेर अर्को कोठामा पा सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चालाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु ण्डिएर देहत्याग गरेका हुन् ।

यो घटना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु ण्डिएको अवस्थामा मृत फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाले घटना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनले मोवाइलमा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनीहरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।

पल्लवीको वहिनीले सो म्यासेज पाएपछि गएर हेर्दा दिदी र भिनाजुलाई मृत अवस्थामा देखेकी थिइन् । उनले नै प्रहरीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए। निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभागमा काम गर्ने गरेका दिए ।

दिदीको त्यस्तो म्यासेज पाएपछि बहिनीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन् । साथीले घटनाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । पल्लवीले एक बर्ष पहिले जागिर छोडिदिएकी थिइन् । उनी पति र छोराको रेखदेख गरेर घरमै बस्थिन् । उनका पति भने पति नोएडाको एक निजी फर्ममा काम गर्थे।प्रहरीले घटनास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहिनीले लिएर गएकी छन् ।

प्रतिकृया दिनुहोस्