Tuesday, October 20

आज साउन ३२ गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् आजकाे राशिफल

August 16, 2020 164

आज वि.सं.२०७७ साल साउन ३२ गते आईतबार । सन् २०२० अगष्ट १६ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा मिथुनराशिमा । काठमाडौंमा सूर्योदय ०५ः३५ र सूर्यास्त बेलुकी ०६ः३८ मिनेटमा

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनमा धार्मिक प्रवृति जाग्नेछ । सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसाय फस्टाएर जानेछ। धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ ।सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।कृषि क्षेत्रमा गरेकाे लगानीले फाइदा देला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक लाभ मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेमकाे डाेरी कसिलाे भएर जाला। उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ। व्यापार व्यवसायमा मन्दी आउने छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यपारमा मन्दी आउने छ। आलोचनाको भय हुनेछ । सरकारीपक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामान्य आम्दानी हुनेछ । इच्छाएको काम पूरा हुनेछ । सहयोगले काम बन्नेछ । आफन्तबाट सहयाेग हुने छ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको फाइदा अरुलाई जानेछ । प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ । विवादबाट टाढै रहनु हाेला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दौडधुप बढी हुनेछ । प्रेममा प्रगति मिल्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ । पढाइमा प्रगती हुने छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ । भाैतिक सम्पत्ति प्राप्त हाेला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ ।सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

प्रतिकृया दिनुहोस्