August 16, 2020 97
रौतहट । रौतहटका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको छ ।
रौतहट प्रहरीका अनुसार चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव फेला परेको छ । शव आज एकाबिहानै फेला परेको डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
डिएसपी ज्ञानकुमार महतोका अनुसार शव धारिलो हतियारले घाँटी काटिएको तर पुरै नछिनालिएको अवस्थामा बरामद गरे लगत्तै अनुसन्धान सुरु गरिएको छ ।
रिसिभिको कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिकृया दिनुहोस्