Tuesday, October 27

चिलको आक्रमणबाट १६२ फीटमाथि उडिरहेको ड्रोन खस्यो, जसको मूल्य थियो १ हजार डलर

August 16, 2020 169

एजेन्सी । हजार डलर पर्ने ड्रोनलाई चिलले खसालिदिएको छ । घटना हो मिचिगनको । जहाँ १६२ फीटमाथि उडिरहेको सरकारी ड्रोनलाई चिलले खसालिदिएको हो । उक्त चराले ९९५ डलरको फान्टन फोर प्रो एडभान्स क्वोडकप्टर खसालेको समाचारमा उल्लेख छ ।
ड्रोन पाइलट किङले मिचिगनको माथिल्लो पेनिन्सुलामा तटिय क्षेत्रको क्षयीकरणको मापन गरेर फर्किने समयमा एक्कासी आएको चिल ड्रोनमा ठोक्किएको थियो । ३।५ सेकेन्डको अवधिमा २७ चेतावनी नोटिफिकेसन पठाएका बेला चिलले आक्रमण गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्