Thursday, October 29

‘कोरोनाले केही हुन्न’ भन्दै पार्टीमा सहभागी हुन गएका युवाले कोरोनाकै कारण गुमाए ज्यान

July 13, 2020 101

काठमाडौं । कोरोना केही होइन भनेर लापरवाही गरेका कारण अमेरिकामा एक युवकले ज्यान गुमाएका छन् । एक जनाले गरेको लापरवाहीका कारण अर्काको ज्यान गएको हो । आफुलाई कोरोना लागेको थाहा पाएर पनि केही हुँदैन भन्दै आयोजना गरेको पार्टीमा सहभागी हुन गएका युवाले ज्यान गुमाएका हुन् ।

कोरोनालाई ख्याल ख्याल ठानेर कोरोना संक्रमितले पार्टीको आयोजना गरेका थिए । सो पार्टीमा सहभागी हुन जानेलाई उनी संक्रमित हुन भन्ने थाहा थियो । तर संक्रमित भएपनि केही हुँदैन भन्दै अरु सहभागी हुन गएका थिए । सोही पार्टीमा सहभागी हुन गएका एक युवकको कोरोनाका कारण ज्यान गएको हो ।

टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्याख्यला ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको ज्यान गएको हो । एउटा भिडिओमार्फत मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो कथा कथा सुनाए पछि त्यसको चर्चा भएको छ ।

ती व्यक्तिले बताएअनुसार त्यस पार्टीमा जमघटमा को पहिले संक्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा गरिएको थियो। त्यो पार्टीमा धेरै सहभागी भएका थिए । पार्टीमा सहभागी भएपछि ति युवालाई कोरोना भएको पुष्टि भयो । उनी अस्पताल भर्ना भए । अस्पतालमा आफुलाई कोरोना कसरी भयो भन्ने कुरा उनले चिकित्सकलाई सुनाएका थिए ।

ती बिरामीले निधन हुनु केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए। उनले आफुलाई सुनाएको कुरा चिकित्सकले सार्वजनिक गरेकी हुन् । कोरोना भाइरस महामारीले विश्वभर आतंक मच्चाइरहे पनि कतिपय देशमा यसलाई ख्यालख्याल ठान्ने गरिएको छ।

खासगरी कोरोनाबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा कोरोनालाई हल्का रूपमा लिने गरिएको छ। त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हालै मात्र पहिलोपटक मास्क लगाए। यसअघि उनले मास्क बहिष्कार गरिरहेका थिए। विश्वभरी कोरोना फैलन नदिन लकडाउन लागू गर्दा ट्रम्पले त्यसको पनि विरोध गरेका थिए । उनले लकडाउन नगर्ने बताएका थिए । अहिले अमेरिकामा सबैभन्दा धेरै मानिसको कोरोनाका कारण निधन भएको छ । कोरोनाले ठूलो रुप लिएपछि ट्रम्पले पनि माक्स लगाउन थालेको चर्चा गरिएको छ ।

प्रतिकृया दिनुहोस्