Saturday, October 24

कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु

August 18, 2020 83

बाँके – कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

गत साउन ३० मा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए।

कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँच गरेपछि रिर्पोट पाजेटिभ आएको थियो । ति व्यक्तिको फोक्सोमा निमोनिया भएको थियो।योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रतिकृया दिनुहोस्