Wednesday, October 28

विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

August 18, 2020 90

हेटौंडा, २ भदौ । हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । सोमबार राति घरायसी विवाद मिलाउन गएका प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि खुकुरी प्रहार भएको हो ।

घरायसी विवादको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि गौरीटारमा २५ वर्षीय भक्तराम राउतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट असई केसीको हातमा गहिरो चोट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताउनुभयो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। डिएसपी रानासहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्