Tuesday, October 20

बलिउड अभिनेता जोन अब्राहम गोर्खाली बन्ने !

August 18, 2020 181

मुम्बइ। बलिउड अभिनेता जोन अब्राहम गोर्खाली बन्ने भएका छन् । उनले निखिल आडवाणीको फिल्म ‘गोरखा’मा गोर्खाली सैनिकको भूमिका निर्वाह गर्न लागेका हुन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा आधारित कथावस्तुमा बन्ने फिल्मको कथावस्तुका बारे भारतको रक्षा मन्त्रालयलाई जानकारी गराइसकेको बताइएको छ । फिल्म निर्माणसँग सम्बन्धित एक अधिकारीका अनुसार रक्षा मन्त्रालयको अनुमति लिनको लागि सबै औपचारिक काम पूरा भइसकेको छ ।

फिल्ममा जुन तरिकाले गोर्खा रेजिमेन्टलाई देखाइनेछ त्यसमा रक्षा मन्त्रालयको कुनै आपत्ति नहुने स्वीकृति प्राप्त भएपछि फिल्म निर्माण सुरु हुनेछ । केही समय पहिले अक्षय कुमारको फिल्म एयरलिफ्ट र हालै रिलिज भएको जाह्न्वी कपूरको फिल्म गुंजन सक्सेना द कारगिल गर्लको विषयवस्तुमा विवाद भएपछि गोखराको विषयमा पनि विवाद हुन सक्ने आशंकाले पहिले नै मन्त्रालयको स्वीकृति लिन लागिएको हो ।

प्रतिकृया दिनुहोस्